सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि भाेलि सकिने भएपछि कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउननको अवधि थप्ने भएको छ।
लक डाउनको अवधि थपगर्ने लगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बैठक राखिएको छ।
स्रोतका अनुसार समितिले एक हप्ताका लागि लकडाउनको अवधि थप्ने निर्णय गर्नेछ। यसअघि शुक्रबार बसेको बैठकले मन्त्रीहरुलाई लक डाउनको अवधि बढाउने विषयमा तयारी गर्न निर्देशन दिएको थियो।
स्रोतका अनुसार समितिले एक हप्ताका लागि लकडाउनको अवधि थप्ने निर्णय गर्नेछ। यसअघि शुक्रबार बसेको बैठकले मन्त्रीहरुलाई लक डाउनको अवधि बढाउने विषयमा तयारी गर्न निर्देशन दिएको थियो।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्ने जानकारी प्राप्त भएको छ। सत्तारुढ नेकपाका शीर्ष नेताहरु एवं विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत दैनिक मजदुरी गर्नेका लागि सरकारले सहयोग घोेषणा गर्न दबाब दिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बैठक बस्ने जानकारी गराएका हुन ।
0 Comments