बिश्वमा फैलिएको कोरोना भाईरस नेपालमा फैलिन नदिन भोलि देखि एक हप्ताका लागि दुबै छिमेकी देशका नाका बन्द गर्ने निर्णय आज बसेको मन्त्री परिषदको बैठकले गरेको छ ।
भोलि बिहान १० बजे देखि सिमा बन्द हुनेछ । नेपालसंग सिमा जोडिएका भारत र चिनका सबै सिमा नाका बन्द हुनेछन ।
यो नाकाबन्दी एक हप्तासम्म चल्नेछ । कोरोना भाईरस संक्रमण रोक्न सरकारले यो निर्णय गरेको हो । यसका साथै कोरोना नियन्त्रणलाई मध्यनजर गर्दै अन्य निर्णय पनि गरेको छ ।
0 Comments