क्वारेन्टाइन नराख्न स्थानीयवासीको दवाब


​दक्षिणकाली नगरपालिकाले वडा न १ चाल्नाखेलमा रहेको चाल्नाखेल स्वास्थ्य चौकिमा कोरोना भाईरस COVID19 रोकथामका लागि क्वारेन्टाइन खोल्ने तयारी गरेको छ । उक्त वडाका स्थानिय बासिन्दाहरुले पर्याप्त औषधि नभएको अस्पतालमा सुरक्षा सामग्रीबिना बिरामी ल्याएर राख्दा कोरोनाले बस्ति नै जोखिममा पर्ने भनी बिरोधमा उत्रीएका छन ।
पर्याप्त तयारी नगरी हचुवाको भरमा बिना सावधानी क्वारेन्टाइन राख्न नहुने स्थानीयवासीको धारणा छ । आफ्नो धारणा बताउन स्थानियवासी स्वास्थ्य चौकिमा जम्मा भएका छन।
स्वास्थ चौकिमा कर्मचारीहरुमात्र रहेेेको जनप्रतिनिधिहरु नभएकोले भिडभाड नगर्न प्रहरिले आग्रह गरेेेको छ । समन्धित निकायसङ्ग छलफल गरि निकास निकाल्न समेत आग्रह गरेको छ ।
स्थानिय बासिन्दालेे सम्बन्धित निकाय र सरोकारवालासंग बृहत छलफल गरेर मात्र निर्णय गर्न दबाब सृजना गरेको बताएका छन । सरोकारवालासंग समन्वय नगरी कुनै प्रकारको निर्णय नगर्न चेतावनी दिई स्थानीयवासीहरु त्यहाबाट हिडेका थिए ।



Post a Comment

0 Comments