प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७७ मंसिर २९ गते देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ सेयरको बिक्री खुल्ला गरेको छ । आइपीओ निष्काशन बन्द छिटोमा पौष २ र ढिलोमा पौष १३ गते हुनेछ ।
कम्पनीले रु १०० प्रती कित्ताका दरले ५४,००,००० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ ।
न्यूनतम १० कित्ता देखि अधिकतम ५००० कित्तासम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ।
सिद्धार्थ क्यापिटल लिमिटेड आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक रहेको छ ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । ६० करोडको साधारण शेयर बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । कम्पनीले हाल नेपालभरका ९० वटा शाखा कार्यालयहरु मार्फत जिवन वीमा सेवा प्रदान गर्दै आएको छ ।
0 Comments