बिहानै राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओलि

 आज दिउँसो बस्ने  नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रि परिषद बैठक अगाडी प्रधानमन्त्री केपि ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्।


सचिवालयको बैठक बस्ने कि नबस्ने अन्यौल बढीरहेको समयमा राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपि ओलिको सक्रियता बढेको छ।

हिजो मात्रै राष्ट्रपतिलाई भेटेका ओली आज बिहानै  शीतल निवास छिरेका छन ।

प्रधानमन्त्री ओलिले आजै बस्ने नेकपाको सचिवालय  बैठकको एक घण्टा पछि मन्त्री परिषद बैठक समेत राखेका छन् ।

दिउँसो बस्ने नेकपा सचिवालय बैठक र मन्त्री परिषद  बैठक अगाडी प्रधानमन्त्रीको शीतल निवास दौडधुपलाई अर्थपूर्ण रुपमा लिईएको छ ।


Post a Comment

0 Comments