काठमाडौ जिल्लामा कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले गत असोज महिना देखि सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले सुचना प्रकाशित गरि सो कुराको जानकारी सर्वसाधारणलाई गराएको छ ।
फोटो:फाईल रेकर्ड |
उक्त सुचनामा अगाडि भनिएको छ, विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-११ को प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि मानिसहरुको अत्याधिक भिडभाडलाई कम गर्दै सामाजिक भौतिक दुरी कायम गर्ने उदेश्यले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०७४/०६/०१ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको निषेध आदेश बमोजिम काठमाडी जिल्लाभरी सवारी साधनहरू जोर विजोर प्रणाती अनुसार सचालन हुने गरी निर्णय भएकोमा विभिन्न ब्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोर बिजोर प्रणालीमा सवारी सचालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो प्राप्त भएको साथ जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई मानिसहरूको चाप झन बढी भएकोले सर्वसाधारण यात्री महानुभावहरूको सुविधाको लागि बढी संख्यामा सार्वजनिक यातायात संचालन गर्दा कोभिड संक्रमणको जोखिम समेत कम हुने हुँदा कोभिड संक्रमण अधिभर सार्वजनिक यातायात मचालन निर्देशिका, २०७७ पालना गर्ने गरी मिति २०७७/०९/०३ गते विहान देखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको व्यहोरा सम्बन्धित सबै नागरिकहरुमा अनुरोध छ । मापदण्ड पालना नगरी सवारी साधन संचालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारीको सागि अनुरोध छ ।
https://www.youtube.com/channel/UCDIRxkQIl635nKDznSYo_UA |
0 Comments