२०७६/१२/२२
सरकारले २५ चैतपछि पनि लकडाउन लम्बाउने भएको छ । जोखिम कायम नै रहेको भन्दै लकडाउन र सीमा बन्द लम्बाउन लागिएको बुझिएको छ ।
कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले ११ गतेदेखि लकडाउन लागू गरेको थियो। लकडाउनमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पाइँदैन।नेपालमा हालसम्म आन्तरीक संक्रमणको केस नभेटिएको भएपनि विदेशबाट आएकाहरु मध्य ६ जनामा भने संक्रमण भेटिएको छ। संक्रमण भएर पनि कतिपयमा लक्षण नदेखिएको र मास टेष्ट नभएकाले जोखिम कायम नै रहेको विज्ञहरु बताउँछन् ।
अबका करिब १० दिन नेपालका लागि अझै जोखिमपूर्ण छ । त्यसकारण थप एक हप्ता लकडाउन लम्बिने सम्भावना प्रबल छ । उद्योगहरुलाई चल्न दिने गरी केही खुकुलो बनाएर लकडाउन लम्बाउन लागिएको जानकारी प्राप्त भएको हो ।
अबका करिब १० दिन नेपालका लागि अझै जोखिमपूर्ण छ । त्यसकारण थप एक हप्ता लकडाउन लम्बिने सम्भावना प्रबल छ । उद्योगहरुलाई चल्न दिने गरी केही खुकुलो बनाएर लकडाउन लम्बाउन लागिएको जानकारी प्राप्त भएको हो ।
यसका लागि आज मन्त्रिपरिषद्को बैठक दिनको ४ बजे बस्दै छ ।
0 Comments