कोरोना आशंकामा त्रिभुवन बिश्वबिद्यालय चिकित्सा क्यापसमा रहेको क्वारेन्टाइनमा रहेका चारजानाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ



०१-०४-२०७७ 
यहि चैत्र २८ गते त्रिभुवन बिश्वबिद्यालय चिकित्सा क्यापसमा रहेको क्वारेन्टाइनमा रहेका नुवाकोट जिल्ला देबिघाट वडा न ३ घर भई किर्तिपुर नगरपालिकामा बस्दै आयका बिजय श्रेष्ठ बर्ष ३३ हेमा श्रेष्ठ बर्ष ३० जान्सी श्रेष्ठ बर्ष ११ साक्षी श्रेष्ठ बर्ष १० चिकित्सक टोलिले कोरोना भाइरसको चेकजाचको लागि स्वाब निकालेर लगेका थिए ।
कोरोनाको आंसकामा त्रिभुवन बिश्वबिद्यालय चिकित्सा क्यापसमा रहेको क्वारेन्टाइनमा राखियकोमा उहाहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको । उहाको परिवार आजै क्वारेन्टाइनबाट डिस्चार्ज भई आफ्नो घर गएको ।

उक्त क्वारेन्टाइनमा देवी शर्माको परिवारका चारजना
मात्र बाकी रहेको ।
क्वारेन्टाइनमा रहेकाहरुले आफुहरुलाइ कुनै समस्या नरहे पनि अरुको कुरा सुनेर यहाँ ल्याइयको बताए । यहाँ ल्याएर राखेपनी समयमै चेकजाँच नभयको र खान बस्न समेत समस्या भयको बताए ।खाना समयमै आउने गरेतापनी एक पोकामा थोरै ल्याइदिदा पेट समेत नभरिएकाले खाना पुग्नेगरी ल्याइदिनुपर्ने र समयमै चेकजाच गरि घर पठाइ दिनुपर्ने बताउछन ।

Post a Comment

0 Comments