२०७६फाल्गुण२२
नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सचिवालयको बैठक बिहीबार पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बस्यो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को अध्यक्षतामा २०७६ फागुन २२ गते बेसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले निम्न लिखित निर्णयहरू गरेको छ ।
१) जनवादी गणतन्त्र चीनलगायत विभिन्न देशमा फैलिएको कोरोना भाइरसको कारण जनतामा त्रास फैलिरहेको र त्यसलाई नियन्त्रण गर्न सचेत हुन पार्टी र जनवर्गीय तथा पेशाागत संगठनहरुले ध्यान दिनुपर्ने हुँदा परिस्थितिअनुकूल नभएसम्म पार्टी, जनवर्गीय र पेशागत संगठनहरुले पार्टी केन्द्रीय समितिको स्वीकृतिविना कुनै पनि सभा, जुलुस र ठूल्ठूला बन्द बैठकहरू नगर्न र निर्धारित कार्यक्रमहरू हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।
२) कोरोना भाइरसको सम्बन्धमा फैलिरहेको त्रास शान्त र समयानुकूल नभएसम्म विभिन्न सरकारी वा गैरसरकारी सङ्घ–संस्था वा संगठनबाट आमन्त्रण गरिने ठूला सभा, गोष्ठी वा कार्यक्रमहरुमा पार्टी, जनवर्गीय वा पेशाागत संगठनका जिम्मेवार पदाधिकारीहरूलाई सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ ।
३) नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति ‘सहयोग कमिटी’ ‘कृष्णध्वज के.सी.’ को नाउँबाट चन्दा सड्ढलन गरिरहेको जानकारी हुन आएकोमा हाल पार्टी केन्द्रीय समितिको तर्फबाट कुनै चन्दा, आर्थिक सहयोग सड्ढलन नगरेको स्पष्ट पार्दै नक्कली छाप र लेटर प्याड प्रयोग गरी आर्थिक सङ्कलन गर्ने व्यक्तिमाथि कानुनी कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
यसैबीच फागुन २३ र २४ गते हुने भनिएको नेमकिपाको छैटौं काठमाडौं जिल्ला सम्मेलन स्थगित गर्ने निर्णय सम्मेलन आयोजक समितिले गरेको छ ।
0 Comments