२०७६फाल्गुण२९
बिजुली बजार स्थित संबाद चौतारीमा जिता बरालको आयोजनामा नर्सिङ बिद्यार्थी लाई पास गराइदिन्छु भनेर नर्सिङ काउन्सिलको ३ लाख घुस प्रकरण को बारेमा उठेका प्रस्नहरु को बारेमा जिता बराल को विशेष पत्रकार सम्मेलन गरेको ।
जिता बरालका अनुसार हिजो बिहान एक फेक आइडीबाट मेरो फोटो राखेर नर्सिङ बिद्यार्थीलाई पास गराइ दिन्छु भनि बार्गेनिङ गरेको मेेेेसेज सार्वजनिक भएको थियो।
एकजना बिद्यार्थी बहिनिलाई पास गराइदिन्छु एक लाख दे,भनेको थियो।सटिफिकेट रद्द गराइदिन्छु पनि त्यो बहिनिलाई भनेको थियो।त्यो बहिनी को फोटो एउटा केटा संग जोडेर भाइरल बनाइदिएको थियो।त्यो बहिनी को मानसिक सन्तुलनमा असर परेको छ।जुन मेरो आइडी बनाएर फेक आइडी आएको छ ।यो किन आयो भनेर म भन्न चाहान्छु।मेरो फेक आइडी बनाएर म भनेर कन्भरसेसन गर्ने को हो ? तीन लाख सम्मको लेनदेेन को कुरा छ। ime नम्बर पनि छ ।
यो नम्बर चेक गर्दा नट फाउन्ड भन्छ।यो फेक आइडी बनाएर बोल्ने को हो।हामिले साइबर क्राइम को उजुरी दिएको छौ। पासकल रोकाय भन्नी ब्यक्ती जुम्ला को हुनु दो रहेछ । पहिले पनि ठगि केस मा पर्नु भएको रहेछ।प्रहरी प्रसासन मा उजुरि दिएको छु।प्रहरी प्रसासन ले समय लाग्छ भन्नु भएको छ।कुनै घटना घटदा राज्यले जिम्मा लिने कि नलिने।मेरो नाम को फेक आइडी भाइरल भैरहेको छ।बन्द भएको छैन ।पासकल रोकाय भन्नी ब्यक्ती प्रकास रोकाय हो।
पासकल रोकाय ब्यक्ती अपराधी होइन भने खुल्ला रुप मा आउ।आज म एउटा भ्रष्टाचार विरुद्ध को अभियान्ताको रुपमा पनि हिड्ने गरेको छु।हजारौ साथीहरु ले प्रस्न गर्नुहुन्छ मलाई ।पासकलले एक्लै यो काम गर्नु सम्भब छैन ।त्यो बहिनीलाई घन्टौ फोन गर्ने र म्यासेज गरेको डकुमेन्ट्स सबै छ । मसंग कानुन छ, छानबिन गर्नु पर्छ भन्ने मेरो माग हो।
1 Comments