सिभिल मलका ब्यापारीहरु आन्दोलित

२०७७ असार ७ गते 
काठ्माण्डौ महानगरपालिका वडा नं ११ मा रहेको सिभिल मलमा व्यापार व्यवसायी संघकाे आयोजनामा बिरोध कार्यक्रम भएको छ ।
अध्यक्ष रत्न घिमिरेको नेतृत्वमा भेला भएका ब्यापारिहरूले लक डाउन अबधिभरिकाे भाडा मिनाह गर्नु पर्ने माग गरेका छन । पसलहरू खाेल्न पाउनु पर्‍यो भन्दै सिभिल मल  छिर्ने मुल गेटमा  "हाम्रो पसल बन्द छ" लेखेको व्यानर र प्लेकार्ड बोकेर बिरोध स्वरुप शान्तिपुर्ण धर्ना कार्यक्रम गरेका छन ।
सो कार्यक्रममा ब्यापारीहरुले
- मल बचाउ अभियान जारी छ ।
- व्यापारी छ त, सिभिल मल छ ।
- व्यापारी हरूकाे आर्थिक क्षति कस्ले व्यहार्ने ।
- व्यापारीक वातावरण कामय गर।
- टेबलमा बसेर छलफल गर ।
- लकडाउन समयकाे पसल भाडा लिन पाईद‌ैन ।
- मल र व्यापारी बिच समझदारी नभए समाधान छैन ।
- मल संञ्चालक गैह्र जिम्मेवार हुन पाईदैन ।
- रोगले भन्दा भाेकले मर्ने त्रास छ ।
- व्यापारी लाई न्याय कस्ले दिने ।
- ब्यापारीहरूलाई मानसिक तनाव दिन बन्द गर ।
- याे संकटको कारण मल समाप्त नहाेस ।
- असफल व्यवस्थापन चाहिदैन मल डुवाउन पाईदैन ।
- काेराेनाकाे पीडा व्यापारीलाई मात्र थाेपर्ने पाईदैन।     जस्ता प्लेकार्डमा भएका नाराहरू समेत लगाएका थिए ।

Post a Comment

0 Comments