काठमाण्डौका वस्तिमा चितुवा छिर्न थालेपछि स्थानीय बासिन्दा त्रसित

२०७७/१/२३/

काठमाण्डौको कीर्तिपुर नगरपालिकामा घरछेउमै चितुवा देखिन थालेको छ । घर नजिकैै चितुवा देेखिन थालेपछि स्थनीयहरु त्रसित भएका छन । त्रिभुवन विश्वविद्यालय परिसर, चोभार, पाँगा, ट्याङलाफाँट लगायत क्षेत्रका झाडीमा चितुवा देखिएका हुन् ।
त्रिभुवन विश्वविद्यालय परिसरमा चितुवा देखेपछि स्थानीयले काठमाडौं वन सब डिभिजन कार्यालय थानकोटलाई खबर गरेका थिए । सहायक वन अधिकृत हरिप्रसाद खरेलले स्थानीयलाई आवतजावतमा सतर्कता अपनाउन आग्रह गरेका छन ।
शुक्रबारबाट त्यस क्षेत्रमा ४ वटा चितुवा आएको जानकारी पाएपछि वन कर्मचारी सोमबार कीर्तिपुर पुगेका थिए । बनको टोलि आएपनी चितुवा नभेटाएपछी खाली फर्किएको थियो ।
सहायक वन अधिकृत खरेलले जंगलमा मानव अतिक्रमण बढेपछि आहार र वासस्थान खोज्दै चितुवा बस्ती पसेको बताए । सोमबार वन, नगरपालिका, सुरक्षाकर्मी र स्थानीयसहित छलफल भएको थियो । छलफलमा बस्ती वरपर झाडी फडानी गरेर खुला बनाउन सुझाव दिइएको थियो । यसका लागि नगरपालिकाले पहल थाल्ने निर्णय भएको छ ।

Post a Comment

0 Comments