रिपोटर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले संसद पुन:स्थापना हुनुपर्ने बताउनु भएको छ । हामी आफैले संबिधानशभा मार्फत बनाएको संबिधानले सबै जातजाति र धर्मलाई समेटेकाे छ, यसको रक्षा हामी आफैले गर्नुपर्छ । संविधान मिचेर जानू भनेकाे जातजातीकाे युद्धमा गई मुलुकलाई फेरि रक्तपातमा लानु हाे। त्यसैले याे संविधान जाेगाउनु पर्छ।
सर्वोच्च अदालत भनेकाे स्वतन्त्र संस्था हाे। उसले गर्ने निर्णय स्वतन्त्र हुन्छ,उ कसैको प्रभावमा परेर निर्णय गर्दैन भन्ने बिश्वास छ । कसैको प्रभावमा निर्णय आए सबै दल , नागरिक समाज , बुद्धिजिवी एकठाउँमा उभिएर राजनीतिक निर्यण गरि संसद पुन:स्थपना गर्नुपर्छ। सबै राजनीति दल एकैठाउँमा उभिएपछि मात्र हामी चुनावमा जान्छाै। हामी चुनावसंग डराएका होईनौ।
हामीले कसैकाे बाेलि हर्ने हैन , उसकाे काम हेर्नु पर्छ । बाेलिकाे पछाडि कोहि नलागौ। हाम्राे पार्टी सभापति शेर ब देउवालाई सतर्क हुन आग्रह गर्छु प्रधानमन्त्री ओलिको पक्षमा उभिएर मुलुकलाई अस्थिरथा तर्फ नलग्नुहोस । यसकाे लागि हाम्राे पार्टीमा बहस गर्नेछाै। यदि यो समयमा देश चुनावमा गयो भने देशमा रत्तपात हुनेछ । त्यसैले हामी चुनावमा गई हाल्नु हुदैन । संसद बिघठन प्रजातान्त्रिकहरुको विचार हैन । पहिला प्रतिनिधि सभा पुन:स्थापना हुनु पर्छ , त्यसपछि मात्र चुनावमा जाने निर्णय गर्नुपर्छ।
गिरगिटको जस्तो रंग बदल्ने प्रधानमन्त्रीको बोली पत्याउन सकिँदैन ।प्रधानमन्त्रीको बाेलिकाे ठेगान छैन उहाँ कहिले के बाेल्नु हुन्छ थाहा नै हुदैन । उहाँ कामचलाउ प्रधानमन्त्री हाे। उहाँले जे जे बाेल्नुहुन्छ हामीलाई त्यो त्यो मान्य हुने छैन।
0 Comments