चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता प्रा.डा. गोविन्द केसी विगत १४ दिनदेखि सत्याग्रहमा हुनुहुन्छ । भदौ २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवश्था दिन प्रतिदिन गिर्दो छ । परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्ने तर्फ हामी सरकारको ध्यानाकर्षण गराउँदछौं।
https://amzn.to/2EJcBWJ
नेपालको चिकित्सा शिक्षा क्षेत्रमा आम जनता को पहुंच हुनु पर्दछ । सर्वसुलभ स्वास्थ्य व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो भन्दै उहाँ यसअघि १८ पटक अनशन बसिसक्नु भएको छ । सरकारले पनि उहाँको अनशन तोडाउने क्रममा अनेकन पटक सम्झौताहरु गरेको छ। विभिन्न सरकारका समयमा पटक पटक गरिएका ति सम्झौताको पूर्ण कार्यान्वयन नगरिदा फेरि अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको डा केसीले बताउँदै आउनु भएको छ। सादगी सरल जीवन व्यतित गर्ने डा. केसी मौका पाउना साथ, विभिन्न प्रकोप र महामारीहरुमा जनताको घरदैलोमै पुगेर सेवा गर्नुहुन्छ। उहाँको यो शैलीबाट स्वास्थ्य सेवा बाट बन्चित बनाइएका आम जनताले लाभ प्राप्त गरिरहेको तथ्य हामी सबैमा ज्ञात नै छ।
तर पटक पटक आमरण अनशन बसिरहनु भएका डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्कातिर हालको कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ ।
यसैले, डा. केसीको गिर्दो स्वस्थ अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्नका लागि सरकारसँग हामी हार्दिक अपील गर्दछौं ।
१४ दिनअघि जुम्ला चन्दननाथ नगरपालिका-६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था त्यही कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्य जान्दाजान्दै, अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएकामा हामी चिन्तित बनेका छौं।
संविधान ले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्तो नागरिकका आधारभूत मानव अधिकारको विषय लागु गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था हुनु दुःखद हो । त्यसैले संविधानले व्यवस्था गरेको मौलिक हकप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारहरुले विगतमा पटक पटक गरेका सम्झौता कार्यान्वयन गर्न र उहाको जीवन रक्षाका लागि हामी तपसिलका नागरिकहरु सरकार को ध्यानाकर्षण गराउदछौं ।
कोरोना संक्रमणको रोकथाम, संक्रमितको सरल परीक्षणका विषय हुन् वा मुलुकमा बढेको भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं तिनमाधि कार्वाहीका लागि डा. केसीले राखेको मागप्रति पनि संवेदनशील बन्न हामी सरकार समक्ष आग्रह गर्दछौं ।
0 Comments